Khabar Samachar

संसद बैठकमै माननीयज्यूहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ – उपसभामुख राना

202
VIEWS

उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन्।  आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन् ।

उनले संसद्मा फोटो खिच्न आफूले नपाउने भए पनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् ।

उनले भनिन्, ‘संसद्मा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरू फेरि एक छिनमा हामी देख्न पाउँदैनौँ । यी आवाजहरू एक छिनमा हामी सुन्न पाउँदैनौँ । कति बेला हिँड्दा हिँड्दा यी आवाजहरू बन्द हुन्छन् थाहा हुँदैन । हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौँ ।’

उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन्। उनले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित