ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।
ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसमेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीले सर्वसाधारणलाई आकर्षक ब्याज र चाहिएको बेला रकम झिक्न दिने भनी सञ्चालकलाई लाभ र बचतकर्तालाई हानी पुर्याएको प्रहरीको आरोप छ।
साथै बचतकर्ताको निक्षेप समेत अपचलन गरी ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध गत चैत १ मा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी मुद्दा दर्ता भएको थियो। सोसँगै प्रहरीले अनुसन्धान सुरु गरेपछि चारै जना फरार थिए।
Discussion about this post