Khabar Samachar

Search
Close this search box.

कांग्रेस-एमालेबीच मध्यराति नयाँ सरकार बनाउन सहमति

204
VIEWS

नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।

 

एक महिनायताका पटकपटकका छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका स्रोतले जनाएको छ। उनीहरुले ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउन सहमति गरेको जनाएका छन्।

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।

सुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति दुई दलबीच भएको छ। यससँगै प्रदेश सरकारमा पनि दुई दलले ३ ३ प्रदेश बाँडेर लिने सहमति गरेका छन्।

उनीहरुले ‘राष्ट्रिय सहमतिको सरकार’ सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारी गरेका स्रोतको दाबी छ।

एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहित दुई दलका दोस्रो तहका नेताले सोमबार दिउँसो तयार पारेको लिखित सहमतिको मस्यौदामा मध्यराति दुई नेताले हस्ताक्षर गरेका हुन्।

यसै गरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको बैठकमा सहभागी नेताले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित