नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले आज (मंगलबार) राजीनामा दिने भएका छन्।
सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।
गएको मध्यराति देउवा(ओलीसहित बसेर नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ ।
नयाँ कोर्ष अघि बढिसकेकोले समर्थन फिर्तादेखि राजीनामासम्मका सबै काममा विलम्ब नगरिने बर्तौलाले बताए ।
उनले भने, ‘प्रक्रियामा जे-जे गर्नुपर्ने हो ढिला हुँदैन । प्रधानमन्त्रीज्यूले मार्गप्रशस्त गर्नुहुनेछ भन्ने आशा छ ।’
एमालेसँग भएको सहमतिबारे पार्टी पंक्तिमा औपचारिक जानकारी गराउन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । रास्वपा र माओवादीले पनि सचिवालय र पदाधिकारी बैठक बोलाएको छ ।
Discussion about this post