Khabar Samachar

काले काले मिलेर खाउँ भाले – मेयर बालेन्द्र साह

206
VIEWS

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस-एमालेको नयाँ गठबन्धनप्रति व्यंग्य गरेका छन्। सामाजिक सञ्जालमा कटाक्षयुक्त टिप्पणी गर्दै उनले आफ्नो असन्तोष पोखेका हुन् ।

साहले फेसबुकमा एमाले अध्यक्ष तथा भावि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगै बसेर चिया पिइरहेको तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले-काले मिलेर खाउँ भाले ।’

सोही स्टाटसको कमेन्टमा साहले नारायण गाउँलेले लेखेको एउटा टिप्पणी पनि कपी पेस्ट गरेका छन् ।

उक्त टिप्पणी यस्तो छः

गिरीबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्टुलाई बेच्न दिने ’विधेयक संसदबाट पास भएछ !

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !

अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।

सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।

देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला  ?

नेपालको राजनीति !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित