Khabar Samachar

Search
Close this search box.

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

202
VIEWS

 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए । अर्थ मन्त्रालयले रद्द गर्ने भनी गरेको निर्णय गैरकानुनी भएको भन्दै श्रेष्ठले रिट दायर गरेका थिए । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले भनेको हो । यो विवादका बिच सोमबार बसेको मन्त्रीपरिषद्ले नयाँ समिति गठन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित