Khabar Samachar

Search
Close this search box.

प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा

202
VIEWS

नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद सचिवालयलाई गराएको छ।कांग्रेससँग नयाँ सत्ता समीकरणको सहमतिसँगै एमालेका मन्त्रीहरूले सरकारमाथि समर्थन फिर्ता लिएर राजीनामा दिइसकेका छन् । रघुवीर महासेठको नेतृत्वमा सरकारमा रहेको ८ जना मन्त्रीहरूको राजीनामा हिजो स्वीकृत भइसकेको छ ।

एमालेले शुक्रबार प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको सूचना संसद सचिवालयलाई दिएको हो। योसँगै एमालेले प्रतिपक्षमा बस्ने जानकारी पनि दिएको छ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ प्रमुख सचेतक महेश बर्तौलाले दिएको सूचनामा भनिएको छ, ‘सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ।’

गत असार १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो। एमाले र कांग्रेस दुवैले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह यसअघि नै गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित