Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेकपा एसका अन्य पदाधिकारी चयन भएनन्, ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

201
VIEWS

नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो ।अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी भने चयन हुन सकेनन् । हलमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका छन् ।

नेताहरूबिच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । नेता राजेन्द्र पाण्डेले नवनिर्वाचित केन्द्रीय समितिको शनिबार बसेर बाँकी काम टुंग्याउने र चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने बताए । अपुरो केन्द्रीय समिति र वाचन गरिएका केही नामहरूप्रति केही प्रतिनिधिहरूले असहमति जनाउँदै होहल्ला गरेका छन् ।

एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित