Khabar Samachar

पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै उरुग्बे सेमिफाइनलमा

205
VIEWS

पेनाल्टी सुटआउटमा ब्राजिल पराजित गर्दै उरुग्बे सेमिफाइनलमा पुगेको छ ।

लसभेगासमा आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो ।

निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे ।  जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए ।

ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेको थियो ।

उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित