Skip to main content

Khabar Samachar

Search
Close this search box.

अत्याधिक मात्रामा पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए

208
VIEWS

अत्याधिक मात्रामा पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएका छन । शनिबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ।

बिहान ६ बजे ४६ वटा ढोका खोलिएको थियो। लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो। उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीकाे बहाव मापन भएको छ ।

सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित