नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई साेमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा याेजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटाैंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । एमालेका मन्त्रीको राजीनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।एमालेका मन्त्रीहरुले केहीदिनअघि नै राजीनामा बुझाउन खोजेको भएपनि मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा नभएकाले ढिलाइ भएको थियो । एमाले सरकारबाट बाहिरिएसँगै जम्कट्टेलले राजीनामा भने नदिई विश्वासको मतको सामना गर्ने बताइएको छ ।
Discussion about this post