Khabar Samachar

हतियार देखाएर लुटपाट गर्ने समूह पक्राउ

205
VIEWS

प्रहरीले हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पुरुषहरु यार्सागुम्बा टिप्न गएको मौका पारेर मुगुमा लुटपाट गर्ने समूह हतियारसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले यही असार २१ गते जुम्लाबाट उनीहरुलाई पक्राउ गरेको हो।

जुम्लाको गुठीचौर गाउँपालिका–३ का गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापालाई पक्राउ गरिएको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

मुगुको कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयलाई हतियार देखाएर उनीहरुले लुटपाट गरेका थिए। उनीहरुले गाउँबाट लुटेका सुनका गहना जुम्लामा बिक्री गरिसकेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकाएको छ।

घटनामा अरु पाँच जनाको पनि प्रत्यक्ष संलग्नता रहेको खुलेको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित