ठमेलको होटलबाट कोकिनसहित मलेसियन नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् ।
उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।
लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचनाको आधारमा खटिएको परिसर र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले काठमाडौं सिटी होटलमा छापा मारेको थियो।
त्यहाँ प्रहरीले मलेसियाकी ४७ वर्षीया महिला बथुमलाई भादिभालोलाई फेला पारेको थियो। उनको कोठामा ६ वटा स्कुल ब्याग फेला परेको थियो। जसभित्र फल्स बटम बनाइएको थियो।
फल्सबटम हेर्दा कोकिन बरामद भएको एसपी अधिकारीले जानकारी दिए। ती महिलाबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ। उक्त कोकिन अवैध बजारमा २० करोड ३७ लाख बराबरको हुने प्रहरीले जनाएको छ।
एसपी अधिकारीका अनुसार उनी मलेसियाबाट लाओस र बैंकक हुँदै १३ जुलाइ (शनिबार) काठमाडौं आइपुगेकी थिइन्। उनी १९ जुलाइमा नेपालबाट पुन: मलेसिया फर्किँदै थिइन्। त्यसैबीच प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो।
यो कोकिनको बजार पनि भारतनै भएको प्रहरीले जनाएको छ। उनले लाओसबाट उक्त कोकिन रिसिभ गरेकी थिइन्।
Discussion about this post