नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा समूहले पार्टीमा कम्तीमा ४ वटा मन्त्रालय माग गरेको छ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।
Discussion about this post