सिमलतालको पहिरोमा बेपत्ता भएकाको शव भारतीय नदीमा भेटिएको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन ।जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।
Discussion about this post