नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको सरकार बनेको बताएका छन् ।
कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् ।
शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई संबोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गरेका हुन । प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको बताएका छन् ।
नेता पोखरेलले प्रचण्डकै व्यइमानीले बाम सरकार ढलेको बताए । उनले भने ‘भन्न बाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी बाम सरकार गिरेको हो ।
पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यावस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताए । उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखी आफै पद लोलुपताले फुटेको बताए ।
अव नेपालमा सानो पार्टीको काम छैन । देशलाई समृद्ध बनाउन एमाले चाहिन्छ । प्रत्येक पालिकामा १५ वेडको अस्पताल सुरूवात केपी ओलीकै पालमा भएको हो ।
नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एमाले नतृत्वको सरकारले नेपाली श्रम र सिपलाई नेपालमै राख्न पहल गर्ने बताए ।
Discussion about this post