Khabar Samachar

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

203
VIEWS

सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले ब‌ंगलादेश छाडेका हुन्  ।  उनीहरुले नेपाल प्रस्थान गरेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो । गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ भने बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ ।इन्टरनेट सेवा बन्द गरिएको छ । यस अगाडि ढाकास्थित नेपाली राजदूतावासले साह्रोगाह्रो परेकालाई सहयोग गर्न एक सूचना प्रकाशन गरेर नम्बर सार्वजनिक गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित