न्यूरोडको फुटपाथ विस्तारको बिरुद्दमा वडा नम्बर २२ ले सुरू गर्यो सडकबाटै सेवा प्रदान गरेको छ । फुटपाथ विस्तारको निर्णय फिर्ता नलिएसम्म सडकबाटै वडाको सेवा दिने वडा कार्यालयले जनाएको छ।
न्यूरोडमा धर्नाका लागि बनाएको पालभित्रबाट वडाले सेवा सुरू गरेको हो।
वडा सदस्य चन्द्रमान तुलाधरले महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न खोजेपछि वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न लागेको बताए । ‘संकटा मन्दिरनेर रहेको वडा कार्यालय अब यहीँ सडकबाट सञ्चालन हुन्छ, सिफारिसदेखि अन्य सबै काम यहाँबाट थालेका छौं,’ वडासदस्य तुलाधरले भने । उनले न्यूरोडको फुटपाथ विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने बताए ।
धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाका लागि बनाइएको पालभित्रबाट वडा नम्बर २२ ले आफ्नो सेवा सुरू गरेको हो। पालभित्र कुर्सी र टेबल राखेर कार्यकक्ष नै बनाइएको छ।
Discussion about this post