Skip to main content

Khabar Samachar

Search
Close this search box.

डिआइजीमै अवकास पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

204
VIEWS

सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएर पनि प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकासमा गएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश दिएको छ।

एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए । तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरेलको एआईजी बढुवामा कुनै निर्णय गरेन । त्यही कारण पोखरेल १९ असारदेखि अनिवार्य अवकाशमा गए ।

प्रधानमन्त्री कार्यालय समेतलाई प्रतिवादी बनाउँदै उनी रिट लिएर सर्वोच्च पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित