Khabar Samachar

Search
Close this search box.

कांग्रेस-एमालेबीच राजदूतमा भागबण्डामा सहमती

203
VIEWS

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्।

सत्ताको नेतृत्व गरिरहेको एमालेबाट अमेरिका, चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन्। भने, कांग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको एमाले निकट स्रोतले बतायो।

स्रोतले भन्यो, ‘यी आठ देशको राजदूतमा दुई दलबीच सहमति भइसकेको छ, अब अरू रिक्त रहेका देशमा पनि चाँडै टुंग्याएर नियुक्ति गर्ने सरकारको तयारी छ।’यसअघि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ११ देशको राजदूत फिर्ता बोलाएको थियो। फिर्ता बोलाइएका अधिकांश कांग्रेसको कोटाबाट नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित