गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँटमा लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा शव फेला परेको हो।
घटनास्थलमा रहेका राज गुरूङले सेतोपाटीलाई दिएको जानकारीअनुसार घटनास्थलमा तीन जनाको र फिस्लिङमा एक जनाको शव फेला परेको छ।
‘जितबहादुर गुरूङ, उनका बुवा सुलालकान्छा गुरूङ र स्थानीय रमेश गुरूङको शव पहिरोले पुरेको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘जितबहादुरको घरको आँगनबाट केही तल पुरिएको अवस्थामा शव फेला परेको हो।’
तीन जनाको शव सोमबार दिउँसो र एक जना महिलाको शव आइतबार नै फेला परेको थियो।
पहिरोमा जितबहादुरका परिवारका तीन जना परेका थिए। जितबहादुरकी श्रीमती कान्छीमाया गुरूङ पनि पहिरोमा परेर बेपत्ता थिइन्।
प्रहरीका अनुसार गोरखाकै गण्डकी गाउँपालिकास्थित फिस्लिङमा एक जना महिलाको शव फेला परेको थियो। उक्त शव प्रहरीले कान्छीमायाको भएको पहिचान गरेकोले घटनास्थलमा ल्याउने तयारी भएको गुरूङले जानकारी दिए।
































Discussion about this post