Khabar Samachar

Search
Close this search box.

विदेश फरार भएका सहकारीको रकम अपचलनकर्ता लाई पक्रन गृहमन्त्रीलाई निर्देशन

211
VIEWS

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ।

सोमबार सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको बैठकले गृहमन्त्री लेखकलाई विदेशमा रहेका १८ जनालाई स्वदेश ल्याउन भन्दै नाम उपलब्ध गराएको हो।

सूर्यदर्शन, सहारा, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समनता जस्ता सहकारीको बचत दुरूपयोगका सम्बन्धमा सहकारीका पदाधिकारी विदेशमा रहेको भनी गुनासो प्राप्त भएकाले उनीहरूको नाम गृहमन्त्रीलाई बुझाइएको संयोजक सूर्य थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित