Khabar Samachar

संगीत उद्योग संघमा मानव बेचबिखन ब्यूरोले किन हान्यो छापा ?

204
VIEWS

नेपाल संगीत उद्योग संघबाट प्रहरीले कागजात बरामद गरेको छ । अनामगरस्थित संघको कार्यालयबाट अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचविखन ब्युरोका एसएसपी ओम रानाले बताए । रानाले भने, ‘त्यहाँका कर्मचारीकै रोहवरमा अनुसन्धानका लागि कागजात लिन टोली गएको छ ।’

ब्यूरोको टोलीले छापा हानेर लेटर प्याड, हार्ड डिस्क, सीपीयू, माइन्युट बुक बरामद गरेको छ । छापा हान्नु तीन दिनअघि ब्यूरोको टोलीले संघीय उद्योग संघका अध्यक्ष सूर्यबहादुर राना मगरलाई बोलाएर सोधपुछ समेत गरेको थियो । त्यसको तीन दिनपछि छापा हानेर कागजात र सीपीयू समेत प्रहरीले बरामद गरेको छ ।

ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्युटर बरामद गरेको छ । नेपाल संगीत उद्योग संघका पदाधीकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ । रानाले संघका अध्यक्ष सुर्य मगरलाई सोधपुछका लागि ब्युरोमा बोलाइएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित