Skip to main content

Khabar Samachar

Search
Close this search box.

चन्द्रागिरिमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय

216
VIEWS

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको संकास्पद वस्तु रित्तो कुकर रहेको पाइएको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि नेपाली सेनाको बम डिस्पोज टोली गएर हेर्दा रित्ता कुकर फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । तर्साउन मात्रै राखिएको हरियो प्लाष्टिकभित्र कुकरको थोरै भाग बाहिर देखिएपछि स्थानीय त्रसित हुँदै प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।

उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ । ती व्यक्तिको भने पहिचान हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित