Khabar Samachar

Search
Close this search box.

घाँसीकुवाको पहिरो पन्छाउन सुरु

217
VIEWS

मुग्लिन-पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज बिहानबाट थालिएको छ । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ ।

बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् ।

‘चिनियाँ कम्पनीले आफ्ना एक्स्काभेटर र नेपाली सेनाले चेन कटर प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी गौतमले भने, ‘पहिरो पन्छाइसक्न आज दिनभरी नै लाग्ला जस्तो देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित