Khabar Samachar

Search
Close this search box.

नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट ! – रवि लामिछाने

219
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हदम्याद राख्ने चर्चापछि आफूलाई दुई हजारभन्दा धेरै युवाहरूको फोन आएको बताए।

उनले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’

‘कतै यो पास हुने त होइन, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लाग्ने त होइन भन्ने चिन्ता रहेछ। म सिंगो सदन र देशलाई जानकारी गराउन चाहन्छु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लागू हुनेछैन। नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट! ५ वर्षे लागू हुने छैन,’ सभापति लामिछानेले भने।

नीतिगत भ्रष्टाचारको विषयमा पनि गम्भीर रूपमा हेर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित