Khabar Samachar

Search
Close this search box.

टुँडिखेलमा नाराबाजी गर्ने दुई जना पक्राउ

211
VIEWS

 

काठमाडौँको टुँडिखेलमा सोमबार (भदौ १०) दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवक पक्राउ परेका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए।

काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन । प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा राखिएकोसमेत प्रहरीले जनाएको छ ।

ओली र देउवाले बोल्ने बेला नाराबाजी गर्नेहरु प्रायःको पहिचान भइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये एक जना माओवादी कार्यकर्ता छन् भने अर्को राजावादी रहेको पाइएको छ । उनीहरुले ओली र देउवाविरुद्ध आपत्तिजनक नाराबाजीसमेत गरेका थिए ।

गुप्तचर स्रोतका अनुसार कार्यक्रमस्थल एकै ठाउँमा जम्मा भएर होहल्ला र नाराबाजी गर्नेहरुको भिडिओबाट पहिचान गर्दा अधिकांश राजावादी र केही माओवादी कार्यकर्ता पाइएका छन् । एक जना माओवादी कार्यकर्ता मिडियामा समेत नेता चाहिएन भनेर नारा लगाएको बताएको आधारमा समातिएका छन् ।

नारा लगाउनेहरुले बालेन हाइ हाइ भनेका थिए । आयोजक संस्थाले नाराबाजी गर्नेहरु धेरैजसो सुदूरपश्चिमका नरहेको दाबी गरेको छ । उनीहरुले कार्यक्रम विथोल्न घुसपैठ गरेको आरोप आयोजकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित