Khabar Samachar

Search
Close this search box.

चलचित्र विकास बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

230
VIEWS

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।

फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेशराज दाहाल (दिनेश डिसी), फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेश कुमार थापाले सेतोपाटीलाई जानकारी दिए।

सिफारिस समितिले उनीहरूको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङसामु सिफारिस गरेको हो। समितिले सिफारिस गरेका व्यक्तिमध्ये  मन्त्रिपरिषद् बैठकले एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित