Khabar Samachar

उपत्यकाको फोहर तीन दिनदेखि सडकमा

212
VIEWS

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहर फेरि उठ्न छोडेको छ ।महानगरको चोक-चोकमा तीनदेखि फोहर थुप्रिन थालेको हो ।

महानगरबाट मात्रै होइन अन्य स्थानीय तहबाट पनि तीनदेखि उपत्यकाको फोहोर उठ्न नुवाकोटको सिसडोल पुग्न सकेको छैन । उपत्यकाबाट दैनिक १२ सय मेट्रिक टन फोहोर उठ्ने गरेको छ । फोहोर नउठ्दा सहरका मुख्य मुख्य चोक-चोकमा फोहर थुप्रिन थालेको छ ।

 


 

तीनपिप्ले सडकखण्डका स्थानीयका अवरोधका कारण काठमाडौँ उपत्यकाबाट पुनः फोहोर उठ्न छोडेको छ । ठेकेदारले सडक समयमा निर्माण नगरेको भन्दै स्थनीयबासीले तीनदेखि अवरोध गरेकाले उपत्यकाबाट फोहोर उठ्न नसकेको हो ।

वञ्चरे डाँडा र सिसडोलसम्म जाने मुड्खु सडक खण्ड निर्माण नहुँदा स्थानीयले अवरोध गरेकाले फोहर उठाउन नसकिएको काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख सरिता राईले बताइन् । महानगरबाट मात्र ५ सय ४५ मेट्रिक टन फोहोर उठ्ने गरेको छ ।

मुख्य सडकसँग सडकमा ठेकेदारले समयमा निर्माण नगर्दा स्थानीयले अवरोध गरेको उनले बताइन् । तीन पिप्लेको केही भागसम्म सडक निर्माण गर्नुपर्ने भएकाले ठेकेदारले समयमा नबनाउँदा समस्या भएको उनको भनाइ छ ।

‘ठेकेदारले समयमा सडक बनाउन नसक्दा महानगरको फोहोर उठ्न सकेको हो,’ राई भन्छिन्,’ सडक निर्माणका लागि सडक विभाग पनि जिम्मेवार हुनुपर्छ ।’ वार्ताको प्रयास भइरहेको उनले जानकारी दिइन् ।

महानगरपालिकाले तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग हिजो पनि वार्ता गरेको थियो । आज बिहानदेखि फोहोर उठाउने सहमति भए पनि पुनः अवरोध भएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित