Khabar Samachar

Search
Close this search box.

दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

222
VIEWS

भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्री आम आदमी पार्टी (आप) की नेतृ तथा दिल्ली सरकारकी मन्त्री आतिशी हुने भएकी छन्। हाल उनी दिल्ली सरकारमा अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयसहित छवटा मन्त्रालय सम्हालिरहेकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आज बिहान आम आदमी पार्टीका संयोजक तथा वर्तमान मुख्यमन्त्री केजरीवालको निवास सिभिल लाइन्समा बसेको सो पार्टीको विधायक दलको बैठकले आतिशीलाई नयाँ नेतामा सर्वसम्मत चयन गरेको हो।

योसँगै उनी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने भएकी हुन्।

आतिशी पन्जाबी राजपुत परिवारकी हुन् र उनी अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक हुन्।

आतिशी २०२० विधानसभा चुनावमा पहिलोपटक विधायक निर्वाचित भइन् र २०२३ मा केजरीवाल सरकारमा पहिलोपटक मन्त्री भएकी थिइन्। त्यसको एक वर्षपछि २०२४ मा उनी मुख्यमन्त्री बन्न लागेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित