Khabar Samachar

पूर्वराजा र उनको परिवारका कारण पनि राजतन्त्र फर्किन सम्भव छैन: प्रचण्ड

201
VIEWS

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको बताएका छन् । तर नेपालमा राजतन्त्र फर्किन सम्भव नभएको उनले बताए ।

सोमबार सम्पादकहरुसँग भएको भेटमा विपक्षी दलका नेता समेत रहेका प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति भएको बताए । ‘भुटानमा जुन किसिमिको स्वागत भयो र त्यसपछि जुन किसिमको राजनीतिक अभिव्यक्ति आयो, संकटकै निरन्तरता ठान्छु’, उनले भने, ‘कहाँ पुगेर कसरी अभिव्यक्त हुन्छ भन्ने त अहिले फोरकास्ट (भविष्यवाणी) गर्न सकिँदैन ।’

साथै नेपालमा राजतन्त्र फर्किन्छ भन्ने आफूलाई नलागेको समेत माओवादी अध्यक्ष प्रचण्डले बताए ।

गणतन्त्रमा गइसकेका जनता सजिलै राजतन्त्रतिर फर्किएको विश्व इतिहासमा अपवाद मात्र भएको भन्दै उनले भने, ‘वर्तमान राजा र उनको परिवारका कारण पनि त्यो सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित