Khabar Samachar

Search
Close this search box.

ओखलढुंगा हिँडेको बस भीमेश्वरमा दुर्घटना, १५ जना घाइते

204
VIEWS

काठमाडौँ काठमाडौबाट लिखु गाउँपालिका ओखलढुंगा गाम्नाङटार को लागि छुटेको बस दोलखामा दुर्घटनामा परेको छ।

रिजर्भ गरेर दसैँ मनाउन घर हिँडेका यात्रु बसेको प्रदेश ३–०१–००६ ख ०६३५ नम्बरको बस अनियन्त्रित भएर दोलखाको भीमेश्वर नगरपालिका–८ मा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण १५ भन्दा बढि यात्रु घाइते भएको ओखलढुंगाका सांसद रामहरि खतिवडाले जानकारी दिए। तीन मध्ये ४ जनाको गम्भीर घाइते भएका छन्। उनीहरुको चरिकोट अस्पतालमा उपचार भइरहेको छ।

यो सडक खण्डमा मंगलबार मात्रै तीनवटा सवारी साधन दुर्घटनामा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित