Khabar Samachar

स्थानीय प्रशासनले फर्कायो नगर प्रहरीलाई

203
VIEWS

पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्किएको छ ।

धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेको काठमाडौं महानगरपालिकाले बुधबार विहान नगर प्रहरीले पठाएर भवन खाली गर्न माइकिङ गरेको थियो। लगतै वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली पनि पुगेको थियो ।मारवाडी सेवा समितिका सदस्यहरुले भने विरोध गरे । भवन खाली लगाउन लिखित पत्र दिनुपर्ने, नेपाल प्रहरी आउनुपर्ने भन्दै अवरोध गरे । त्यसका बाबजुद महानगरले धर्मशालामा आफ्नो बोर्ड राख्यो।

तर नेपाल प्रहरीको टोली पुगेर महानगरको टोलीले फर्काएको छ । ‘हामी (नगर प्रहरी) ले धर्मशाला व्यवस्थापनको काम गर्न खोजेको थियौं,’ महानगर प्रहरीका एक अधिकृतले भने, ‘प्रहरीले प्रशासनको आदेश छ भन्दै हामीलाई धर्मशालाबाट हट्नुस् भनेपछि हामी यहाँबाट फर्किएका हौं ।’

मेयर बालेन शाहले प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । अदालतले दाबी पुग्दैन भनिसकेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेर समितिलाई संरक्षण गरेको भन्दै उनले विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित