हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
८ जनालाई चितवन रिफर गरिएको छ भने बाकीको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस र हेटौडाबाट काठमाडौँ तर्फ ज्यादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएका थिए । बस सडक बाट करिब .१० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Discussion about this post