Khabar Samachar

Search
Close this search box.

अमेरिकाले सन्दीप लामिछानेलाई दियो भिसा

203
VIEWS

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।‘इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आईसीसी सीडब्लुसी लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको’ क्यानले विज्ञप्तिमार्फत जनाएको छ।

उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित