सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ । जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ। उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए। उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए।
शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा ल्याइएको थियो। शनिबार सरकारी बिदा हुने भएकाले आज आइतबार उनलाई अदालत उपस्थित गराउन लागेको प्रहरीले बताएको छ।
गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछाने सहितको टोलीले विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकमको अधिकांश हिस्सा लामिछानेले खर्च गरेको संसदीय छानविन समितिको निष्कर्ष छ।
दाहाल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश हुन् ।
Discussion about this post