नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन भनेका छन् । सामाजिक सञ्जालमा एमालेविरुद्ध भइरहेको विरोधलाई लक्षित गर्दै उनले पार्टीको परीक्षक चुनावले गर्ने र त्यसका लागि तयार रहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर महासचिव पोखरेलले एमालेले गरेको निर्णयको आलोचना र चिन्ता अरू पार्टीका नेता कार्यकर्ताहरूले लिनुनपर्ने बताएका हुन्।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दानमा लिने निर्णयबारे सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
महासचिव पोखरेलले पनि फरक पार्टीका नेता कार्यकर्ताहरूले एमालेको भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेको बताएका छन्।
‘जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ,’ उनले लेखेका छन्।
जनताकाबीच पुगेर जनताको सुझाव ग्रहण गर्दै एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत रहेको पोखेरेलले बताएका छन्।
‘राजनीति गर्नेहरुले आ-आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि,’ उनले भनेका छन्।
पोखरेलले एमालेलाई कस्तो बनाउने भन्ने विषय एमालेजनलाई नै छाडिदिन आग्रह समेत गरेका छन्।
Discussion about this post