Skip to main content

Khabar Samachar

Search
Close this search box.

माल्दिभ्सविरुद्ध नेपाल ११-० गोलले विजयी

202
VIEWS

साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले ११–० को जित हात पारेको हो। यो जितसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।

नेपाललाई जित दिलाउन रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन्। उनले ३२, ४२, ४८, ६३ र ७७औँ मिनेटमा गोल गरिन्। यस्तै, प्रीति राईले ६, ६५ र ८७ औँ मिनेटमा ह्याट्रिक गोल गरिन्। यस्तै, सविता रानामगर, अमिसा कार्की र अनिता केसीले क्रमश: २९, ६८ र ८८औँ मिनेटमा समान १/१ गोल गरे।

समान दुई खेलबाट नेपाल र भुटानको ४/४ अंक भए पनि गोल अन्तरको आधारमा नेपाल समूहको पहिलो स्थानमा रहेको छ। श्रीलंका तीन अंकका साथ तेस्रोमा छ भने माल्दिभ्स शून्य अंकमा छ।

अब भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ। यही खेलबाट समूहविजेताको टुंगो लाग्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित