Skip to main content

Khabar Samachar

Search
Close this search box.

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

205
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको हो,’ उनले भने।

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित