Khabar Samachar

Search
Close this search box.

काठमाडौंले गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्‍यो

212
VIEWS

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गर्‍यो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गर्‍यो । काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए ।

४१ रनमा ४ विकेट जाँदा छैटौं नम्बरमा क्रिजमा प्रवेश गरेका सुमितले पाँचौ विकेटका लागि जेरार्डसँग ५७ रनको साझेदारी गरेका थिए । त्यसपछि सुमित र कप्तान करणले छैटौं विकेटका लागि छिटो ४५ रनको साझेदारी गरे ।

करणले विष्फोटक ब्याटिङ गर्दै १० बलमै २ चौका र २ छक्का प्रहार गरी २८ रन जोडे । करणको इनिङ्स नै खेलको जितको आधार बन्यो ।

दोस्रो अन्तिम ओभरको अन्तिम बलमा करण छक्का प्रहार गर्ने चक्करमा देव खनाको सानदार क्याचमा आउट भएपछि काठमान्डुलाई जितका लागि अन्तिम ओभरमा ७ रन आवश्यक थियो ।

अन्तिम ओभरको पहिलो बल वाइड भएपछि सुमित महर्जनले त्यसमा चौका प्रहार गर्दै जित सहज बनाएका थिए । त्यसपछि २ रन लिने चक्करमा रासिद खान रनआउट भए । अनि तेस्रो बलमा सुमितले चौका प्रहार गर्दै जित दिलाए ।

बलिङमा कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसान मक्सुद र विपिन शर्माले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित