Khabar Samachar

Search
Close this search box.

नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बिआरआ‌ई’ कोअपरेसनमा सम्झौता 

210
VIEWS

नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बिआरआ‌ई’ कोअपरेसनमा सम्झौता भएको छ।

बुधबार बिहान दुबै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन्।

यसअघि तयार पारिएको फ्रेमवर्कको मस्यौदामा ‘ग्रान्ट फाइनान्सिङ’ लेखिएको ठाउँमा ‘एड फाइनान्सिङ’ राखेर हस्ताक्षर गरिएको छ।

ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एड अर्थ सहायता भन्ने हुन्छ। त्यो अनुदान या ऋण जे पनि हुन सक्छ।

फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ ।

सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । यद्यपि यसको पूर्ण विवरण भने आइसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौतालाई सर्वाधिक चासोका साथ हेरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित