Khabar Samachar

Search
Close this search box.

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए राजीनामा

223
VIEWS

क्यानडाको नेतृत्व गर्दै आएका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले स्थानीय समयअनुसार सोमबार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ। उनले प्रधानमन्त्री पदसँगै सत्तारूढ लिबरल पार्टीको नेताबाट पनि राजीनामा दिएका हुन्।

लिबरल पार्टीको अर्को नेता चयन नहुँदासम्म उनी प्रधानमन्त्री रहने छन्।

पछिल्लो समय मतदातामाझ लोकप्रियता घट्दै गइरहेको भन्दै लिबरल पार्टीभित्रै उनलाई राजीनामा गर्न दबाब थियो। क्यानडामा यसै वर्ष अक्टोबरभन्दा अगाडि चुनाव हुनेछ।

‘प्रधानमन्त्रीका रूपमा हरेक दिन सेवा गर्न पाउनु मेरो निम्ति गर्वको कुरा रह्यो। हामीले कोरोना महामारी क्रममा देशको सेवा गर्‍यौं। लोकतन्त्र सुदृढ बनाउनमा हामीले काम गर्‍यौं। आर्थिक उत्थानका लागि पनि हामीले काम गर्‍यौं,’ ट्रडोले पत्रकार सम्मेलनमा भने, ‘तपाईंहरू सबैलाई थाहा छ म फाइटर हुँ।’

ट्रुडोले अगाडि भने, ‘सन् २०१५ मा प्रधानमन्त्री बनेदेखि म क्यानडा र क्यानडावासीको हितका लागि काम गरिरहेको छु। मैले मध्यम वर्गको अवस्था बलियो बनाउन काम गरेँ। महामारी बेला देशका जनताले एकअर्कालाई समर्थन गरेको हामीले देख्यौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित