Skip to main content

Khabar Samachar

Search
Close this search box.

ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुन सञ्चालन

220
VIEWS

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ ।नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो ।

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताएका बीबीसीले जनाएको छ ।

टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईँको धैर्यका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ ।’ यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

तर, आइतबार बिहान, ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए । यसको केही घण्टापछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा थियो । अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता रहेका छन् ।

अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्डसको सेयर बेच्न भनेको थियो । योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो ।  सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित