राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो ।
लामिछानेको बयान जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने प्रक्रिया अघि बढेको अदालतका स्रेस्तेदार तथा उपसचिव यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
‘उहाँको बयान पक्रिया अघि बढिसकेको छ’, उनले नेपालखबरसँग भने, ‘उहाँको बयान ५ नम्बर इजलासमा तोकिएको छ।’
बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौँबाट विमानमार्फत हिजै (मंगलबार) रुपन्देहीको भैरहवा पुगेका थिए।
आज (बुधबार) बिहान लामिछाने १० नबज्दै रुपन्देही जिल्ला अदालतमा उपस्थित भएको स्रेस्तेदार ज्ञवालीले बताए।






























Discussion about this post