Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री ओली अस्वस्थ

201
VIEWS

स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । चिसोका कारण ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।

‘उहाँको घाँटीमा समस्या आएकाले आराम गरिरहनुभएको छ’, स्रोतले  भन्यो, ‘सम्भवतः आजका कुनै कार्यक्रममा सहभागी हुनुहुन्न।’ एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित