Khabar Samachar

Search
Close this search box.

१८ जना एसएसपीको सरूवा, काठमाडौंमा विश्व, अपराधमा रमेश

204
VIEWS

गृह मन्त्रालयले नेपाल प्रहरीको १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरूवा गरेको छ।

शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट १८ जना एसएसपीहरूको सरूवा गरिएको हो।

एसएसपीहरूको सरुवासँगै काठमाडौं प्रहरी प्रमुख फेरिने भएका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेलाई  प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिपक व्यवस्थापन महाशाखा नक्साल सरूवा गरिएको छ।

उनको ठाउँमा बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडामा कार्यरत एसएसपी विश्व अधिकारीलाई ल्याइएको छ।

त्यस्तै ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा रानीपोखरी सरूवा गरिएको छ।

ललितपुर प्रहरी प्रमुखमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखामा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका सुदर्शनप्रसाद कोइरालालाई लागुऔषध नियन्त्रण ब्युरो सरूवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित