Skip to main content

Khabar Samachar

Search
Close this search box.

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध आज पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए ।

कास्की अदालतका न्यायाधीश नितिज राईको इजलासले पुस २५ गते रविलाई तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो।

उनलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी सरकारी पक्ष यसअघि नै उच्च अदालत पुगिसकेको छ। त्यसको प्रतिवादमा रवि पनि धरौटी रकम चर्को परेको भन्दै अर्को निवेदन लिएर पुगेका हुन्।

कास्की अदालतको आदेशमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी रविले उच्च अदालतमा निवेदन दर्ता गराउँदै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित