खोटाङबाट काठमाडौं आउँदै गरेको सुमाे ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ना१ज ६४२१ नम्बरको सुमाे ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ काे सीमानामा पर्ने भँडारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एकै परिवारकाे तीन जनाकाे मृत्यु भएकाे माने भन्ज्याङ गाउँपालिका का उपाध्यक्ष आश्रचन राईले नेपालप्रेसलाई बताए । उनका अनुसार खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो।
‘खाेटाङबाट बिरामी लिएर काठमाडाैं हिँडेकाे सुमाे रातकाे साढे १२ बजेतिर दुर्घटना भएकाे रहेछ । बिहान मात्रै खबर थाहा पायाैं ।तर, उनीहरु तीनै जनाको घटनास्थलमा नै मृत्यु भइसकेकाे थियाे ।’ उनले भने।
































Discussion about this post