Skip to main content

Khabar Samachar

Search
Close this search box.

सभामुखको रबी लामिछनेलाई प्रश्न- तपाईंविरुद्ध मुद्दा चलेको होइन र?

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको बैठकबाट सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

सभामुख घिमिरेसँग भेट्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका उनले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २७ बमोजिम गरिएको निलम्बन कानुनसम्मत नभएको भन्दै आजैदेखि प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवा गरिदिन सभामुखसँग माग गरे।

उनले कास्की, काठमाडौँ र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने तर्क गरेका छन्।

जवाफमा सभामुख घिमिरेले लामिछानेलाई विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।

उनले भने,‘ मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं ।’

रविले आफ्नो कुरा राखेपछि सभामुखले लामिछानेलाई ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ? भन्दै प्रश्न गरेपछि रविले कानून व्यवसायीलाई स्पष्ट पार्न भने ।

सभामुखलाई भेट्न रास्वपाका १५ जना सांसदहरु संसद सचिवालय पुगेका थिए । रवि प्रवेश गर्नेवित्तिकै सभामुखले तपाईको स्वास्थ्य के छ भनेर सोधेको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित