Khabar Samachar

Search
Close this search box.

सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त छैन : शेरबहादुर देउवा

209
VIEWS

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको दाबी गरेका छन् ।

शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्नेक्रममा देउवाले भने,’सरकारले राम्रो गरेको छ। ६ महिनामै मूल्यांकन गर्नु राम्रो हुन्न। परिणाम राम्रो दिनेछ भन्ने विश्वास छ।’

सरकारले राम्रो काम गर्दै जाने विश्वास लिएको पनि बताए। ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त समय होइन’ उनले भने।

उनले राजनीतिक अस्थिरता र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकोले कांग्रेस-एमाले मिलेर सरकार बनाएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित